कुलमानले राजुनाथलाई दिए बधाई, नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढ्ने प्रतिबद्धता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा काठमाडौं-३ का उम्मेदवार कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका राजुनाथ पाण्डेलाई बधाई दिएका छन् । शुक्रबार पराजित भएपछि सामाजिक सञ्जालमा धारणा राख्दै उनले पाण्डेलाई बधाई दिएका हुन् ।

‘यस निर्वाचनमा मलाई विश्वास गर्दै आफ्नो अमूल्य मत प्रदान गरेका भएका यस क्षेत्रका सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु । यहाँहरूले देखाउनु भएको विश्वास र माया मेरो लागि सधैं प्रेरणाको स्रोत रहनेछ । चुनावको परिणाम जे जस्तो भए पनि यस क्षेत्रको समग्र विकास, सुशासन, समृद्धि  सहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन् । 

उनले सबै मिलेर उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढ्नुपर्ने बताएका छन् । 
 

Share News