काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित सुनिश्चित भएको छ । रुकुम पूर्वमा उम्मेदवार रहेका प्रचण्डले हालसम्म ८ हजार ७४७ मत प्राप्त गरेका छन् ।
रुकुमपूर्वमा हालसम्म १५ हजार ८२३ मत गणना भएको छ । यहाँ कुल १९ हजार १०६ मत खसेको थियो ।
प्रचण्डलाई पछ्याएका नेकपा एमाले उम्मेदवार लिलामणि गौतमले तीन हजार १७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले २ हजार ४७७ मत ल्याएकी छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लखनकुमार थापाले ७१२ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले १८६ मत प्राप्त गरेका छन् ।