बैतडीमा रास्वपाका हरिमोहन भण्डारी अग्रस्थानमा, दामोदर भण्डारी तेस्रो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडीमा जारी मतगणनाको प्रारम्भिक परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अग्रता दिलाएको छ ।

सार्वजनिक भएको प्रारम्भिक मतपरिणामअनुसार रास्वपाका उम्मेदवार हरिमोहन भण्डारी ३६८ मतसहित पहिलो स्थानमा रहेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चतुरबहादुर चन्द २५८ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका दामोदर भण्डारी १८७ मतसहित तेस्रो स्थानमा रहेका छन् । यस्तै, नेकपाका परमानन्द भट्टले ११४ मत प्राप्त गरेका छन् । 

राप्रपाका भुपेन चन्दले १० मत प्राप्त ल्याएका छन् । यसैगरी, नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले २, श्रम संस्कृत पार्टीका गजेन्द्रराज पाण्डेयले १, नेकपा (माओवादी) का रामबहादुर कुँवरले ९, र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले १ मत ल्याएका छन् ।

अहिलेसम्म ७५ मत बदर भएका छन् । मतगणना जारी रहेकाले परिणाममा फेरबदल हुन सक्ने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहीबार सम्पन्न मतदानमा बैतडीमा कुल ७३ हजार १४८ मत खसेको थियो। प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा यसपटक ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

प्रारम्भिक मतगणनाले जिल्लाको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको संकेत गरेको छ । 

Share News