धनुषा–३ मा रास्वपाका मनिष झा अग्रस्थानमा

जनकपुर । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष झाले अग्रता कायमै गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३२ हजार मतगणना हुँदा झाले १९ हजार ९९८ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका बिमलेन्द्र निधिले नौ हजार ६४  मत ल्याएका छन् ।

त्यस्तै नेकपा (एमाले) का जुलिकुमारी महतोले दुई हजार ३९९ मत प्राप्त गरेकी छन् ।

Share News