काठमाडौँ–१० मा रास्वपाका विष्ट  १० हजार मतले अगाडि

काठमाडौं  ।  निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मतगणनाअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं १० राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले निकटम प्रतिद्वन्द्वीभन्दा अग्रता लिइरहेका छन् ।

पछिल्लो मतगणनाअनुसार विष्ट निकटम प्रतिद्वन्द्वीभन्दा १० हजार ३१३ मतले अगाडि छन् । हालसम्मको कुल सदर २६ हजार ७४३ मतमध्ये विष्टले १६ हजार ४३० मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका हिमाल कार्कीले चार हजार २१३ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका एमालेका विनोद श्रेष्ठले दुई हजार ६७  मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार   त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा भइरहेको मतगणनामा अहिले कीर्तिपुर नगरपालिका–७ को मतगणना भइरहेको छ । काठमाडौँ–१० मा हालसम्म एक हजार १२७ मत बदर भएको छ । काठमाडौँ–१० मा कुल ६० हजार १५१ खसेको थियो ।

Share News