काठमाडौं । ताप्लेजुङमा अहिले नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र तुम्याहाङले अग्रता लिएका छन् ।
पछिल्लो विवरण अनुसार तुम्याहाङले ५ सय ८० मत प्राप्त गर्दै आफ्नो प्रतिस्पर्धीलाई पछाडि पारेका हुन् ।
उनलाई तारा चिन्ह भएका नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्रीले ४ सय ४२ मतका साथ पछ्याइरहेका छन् ।
यसैगरी, सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका नेकपा एमालेका थेबेले हालसम्म २ सय ९३ मत प्राप्त गरेका छन् भने घण्टी चिन्ह भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वीरेन्द्र श्रेष्ठ ९७ मतका साथ चौथो स्थानमा रहेका छन् ।