सुनसरी- १ मा रास्वपाको अग्रता

काठमाडौं । सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सरिन तामाङले  १४२ मत ल्याई सुरुवाती अग्रता बनाएकी छन् ।

श्रम संस्कृति पार्टीका हर्क साम्पाङले ४९ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका सुजेन्द्र गोलेले ४०, राप्रपाका उद्धव श्रेष्ठले ३४, नेकपाका मनोज भट्टराईले १२ र नेकपा एमालेका टीकाराम लिम्बूले ८ मत प्राप्त गरेका छन् ।

Share News