काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ८३ ठाउँमा अग्रता लिएको छ । विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको पछिल्लो अपडेट अनुसार रास्वपा ८३ वटा ठाउँमा अग्रता लिएको छ ।
हालसम्म रास्वपाले एक ठाउँमा विजय हासिल गरिसकेको छ । काठमाडौं क्षेत्र १ का उम्मेदवार रञ्जु दर्शना विजयी भइसकेकी छन् ।
यस्तै, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाली कांग्रेसले पनि एक ठाउँमा विजयको खाता खोलिसकेको छ ।
मुस्ताङ–१ बाट कांग्रेसका योगेश गौचन थकाली विजयी भइसकेका छन् । कांग्रेस र नेकपा दुवै पार्टी ८ वटा ठाउँमा अगाडि छन् भने नेकपा एमाले ७ ठाउँमा अगाडि छ ।
हाल १०७ ठाउँमा मतगणना भइरहेको छ । दुई ठाउँको नतिजा आइसकेको छ ।