काठमाडौं । प्रतिनिधिसभा निर्वाचन रौतहट क्षेत्र नम्बर १ को मतगणनाको प्रारम्भिक चरणमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवकुमार नेपाललाई चुनौती देखिएको छ । त्यहाँ उनी पाँचौ स्थानमा छन् । रास्वपा उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन् ।
गौरको जुद्ध माध्यमिक विद्यालयमा रहेको मतगणना केन्द्रमा गरुडा १ जयनगरको मतगणना हुँदा उनले २२० मत प्राप्त गरेका छन् । रास्वपाका चौधरीको पक्षमा ७०६ मत आउँदा जसपा उम्मेदवार योगेन्द्र यादवले ५५७ र नेपाली काँग्रेस उम्मेदवार अनिलकुमार झाले ३१२ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका अजयकुमार गुप्ताले २८८ मत पाएका छन् ।
राजनीतिक जीवनकै जोखिमपूर्ण चुनावमा माधव नेपाल