काठमाडौं । व्यवसायी वीरेन्द्रबहादुर बस्नेतले आफैले खोलेको पार्टी त्याग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी त्यागेको जानकारी दिएका हुन् ।
पार्टी छोडेको घोषणा गर्दै उनले लेखेका छन्, ‘अब म एक स्वतन्त्र, जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने छु ।’
व्यवसायी बस्नेत गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य थिए ।
उनले सामाजिक सञ्जालमा हालको राजनीतिक संस्कारले आफ्नो आत्मासँग मेल नखाएको र पद र दलको सीमाभित्र रहेर आफ्नो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन नसक्ने उल्लेख गरेका छन् । अबको बाटो फरक रहेपनि देशप्रतिको समर्पण यथावत् रहने उनले बताएका छन् ।