ललितपुर । ललितपुर क्षेत्र नम्बर १ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् ।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार राणाले अन्य प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै विजयतर्फको यात्रा सुदृढ बनाएका हुन् ।
उनले ४ हजार १३३ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जनले नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेललाई उछिनेर दोस्रो स्थान कब्जा गरेका छन् ।
महर्जनले २ हजार ६६३ र सञ्जेलले २ हजार २९१ मत प्राप्त गरेका छन् ।