काठमाडौं । झापा –३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठक २ हजार २८१ मतसहित अगाडि छन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले १ हजार ६०० मत ल्याएका छन् ।
तेस्रोमा नेकपा एमालेका उम्मेदवार हरिबहादुर राजवंशीले ६२० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार घिमिरेले ५१० मत ल्याएका छन् ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी डिल्लीराम घिमिरेले ७० मत ल्याएका छन् ।