३२ वर्षीय योगेशको संसदमा दोस्रो पटक इन्ट्री, यस्तो छ व्यावसायिक र राजनीतिक पृष्ठभूमि

कांग्रेसलाई पहिलो सफलता, योगेशले खोले खाता

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन विजयी भएका छन् । उनी मस्ताङ–१ बाट विजयी भएका हुन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । ३२ वर्षीय गौचनले ३ हजार ३०७ मत पाएर विजयी भएका हुन् । उनले प्रतिस्पर्धीको भन्दा १ हजार ५ सय १ मतले जित निकालेका हुन् ।

उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । उनी नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा हुन् ।  

योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन् । उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् । उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन् । उनी पार्टीको साविक लेते गाउँ सभापति, जिल्ला सदस्य हाल कांग्रेस गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि भएर नेपाली कांग्रेसमा सक्रिय बन्दै आएका छन् । 

सानै उमेरदेखि राजनीतिमा सक्रिय थकालीले जिल्लामा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । नेविसंघको राजनीतिसँगै भूगोलमा पनि जोडिएका थकाली जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा भएका थिए ।
उनले होटल कालोपानी, लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा ट्राभल्स एण्ड टुर्स प्रालि एमडी, मुस्ताङमा किवी खेतीलगायत अर्गानिक कृषि फार्म सञ्चालन गर्दै आएका छन् । 

Share News