प्रारम्भिक मतगणनामा गगन थापाभन्दा अमरेशकुमार सिंह तेब्बर मतले अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रारम्भिक मतगणनामा अमरेशकुमार सिंहभन्दा तेब्बर मतले पछाडि परेका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका थापाले ५३६ मत प्राप्त गरेका छन् । रास्वपाबाट सो क्षेत्रमा चुनाव लडेका अमरेशकुमार सिंहले १९०८ मत प्राप्त गरेका छन् ।

नेकपाका रजनीश रायले ३७९ मत प्राप्त गरेका छन् । सर्लाही-४ को मतगणना अमरेश सिंहको घर भएको क्षेत्रबाट गरिएका कारण सुरुवाती मतपरिणाममा उनी थापाभन्दा निकै अगाडि देखिएका कांग्रेस नेताहरुको दाबी छ । 

Share News