मुस्ताङ –१ मा कांग्रेसका योगेश गौचन विजयी, घोषणा हुन बाँकी

फाइल तस्बिर ।

काठमाडौं । मुस्ताङ –१ मा ३ हजार ३०७ मत ल्याएर नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । निर्वाचन आयोगले उनको जीत घोषणा गर्न भने बाँकी छ ।

गौचनका ​निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा डादु विष्टले १ हजार ८०६ मत ल्याए । 

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधितीय चन्द थकालीले ७५९ मत पाए । 

गौचन अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचलाई हराउँदै जीत हासिल गरेका हुन् ।

Share News