चितवन -२ अपडेट :  रास्वपाका लामिछाने ४ हजार ३७१ मतले अगाडि

काठमाडौं । पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने निकटतम प्रतिस्पर्धीभन्दा ४ हजार ३७१ मतले अगाडि रहेका छन् ।

अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६ हजार ७०० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३२९ मत ल्याएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २ हजार ३२२ मत प्राप्त गरेकी छिन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रताव गुरुङले १ हजार ५५७ मत ल्याएका छन् । 

हालसम्म १४ हजार २२ मत गणना भएको छ । 

Share News