दमौली । तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ ।
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार बिहान ११ बजेसम्मको प्राप्त परिणामअनुसार रास्वपाका डा. स्वर्णिम वाग्लेले २ हजार ९२८ मत प्राप्त गरेका छन् ।
पछिल्लो मतगणना अनुसार वाग्ले १ हजार २७१ मतले अगाडि छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले एक हजार ६५७ र नेकपा (एमाले) का भगवती न्यौपानेले एक हजार १०१ प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का विद्यानाथ ढकालले ३२३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रामदत्त जोशीले ८६ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा देवघाट गाउँपालिकाको ६ हजार ५६६ मतगणना भएकामा छ हजार २३४ मत सदर भएको छ ।
यस क्षेत्रमा कुल एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १२९ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी १६ जना प्रतिस्पर्धामा छन् ।