कैलाली– ३ मा मतगणना सुरु

कैलाली ।  कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर- ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत पुस्कलराज प्रसाईंले यहाँ मतगणना सुरु भएको जानकारी  दिए ।

उनका अनुसार कैलारी गाउपालिका–३ बाट मतगणना सुरु भएको छ । यहाँ १ लाख ९ हजार १२२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार २९४ मत खसेको थियो ।

यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदानस्थल र १४७ मतदान केन्द्र रहेका थिए ।

यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा छन् । 
 

Share News