काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता कायम गरेका छन् । यस क्षेत्रमा नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल रास्वपा उम्मेदवारभन्दा निकै पछाडि देखिएका छन् ।
हालसम्म १५ हजार ४१३ मत गणना हुँदा खरेलले १० हजार ५१९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विष्णु पौडेलले २ हजार १९३ मत मात्र प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्ना पौडेलले १ हजार २०४ मत ल्याएका छन् ।
प्रारम्भिक मतगणनाको नतिजाले रुपन्देही-२ मा रास्वपाका खरेलले उल्लेख्य मतान्तरसहित अग्रता बनाएको देखाएको छ ।