धादिङ –१ मा रास्वपाकी आशिका तामाङको अग्रता कायमै

काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङले अग्रता कायमै गरेकी छन् । 

पछिल्लो अपडेट अनुसार रास्वपाकी तामाङले २ हजार ६०८ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १ हजार ५२२ मत पाएका छन् । 

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ८४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, कांग्रेसका कृष्ण रिजालले ७३० मत प्राप्त गरेका गरेका छन् । 

Share News