ललितपुर । पछिल्लो मत परिणामअनुसार ललितपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फराकिलो मतले अगाडि देखिएको छ ।
रास्वपाका उम्मेदवार जगदिश खरेलले नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले भन्दा ६ गुणा बढी मत ल्याएका छन् ।
खरेलले ३ हजार १९९ मत ल्याउँदा महर्जनले ४९३ मत प्राप्त गरेका हुन् ।
त्यस्तै, नेकपा एमालेका प्रेम बहादुर महर्जनले ४०७ मत पाएका छन् ।