उपत्यकामा कांग्रेसलाई उदय शमशेरको आशा, करिब दोब्बर मतले अगाडि

ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाले आफ्नो अग्रतालाई निकै बलियो बनाएका छन्।

बागमती गाउँपालिकाको मतगणना जारी रहँदा राणाले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई निकै फराकिलो मतान्तरले पछि पारेका हुन् ।

पछिल्लो प्राप्त विवरण अनुसार राणाको मत परिणाम उनका निकटतम प्रतिद्वन्द्वीको तुलनामा झन्डै दोब्बर देखिएको छ ।

राणाले ३ हजार १४४ मत प्राप्त गरेका छन् भने एमालेका चेतनाथ सञ्जेलले १ हजार ७५३ मत प्राप्त गरेका छन् । 

त्यस्तै, रास्वपाका बुद्धरत्न महर्जनले १ हजार ६५२ मत पाएका छन् ।

null

Share News