चितवन ३ मा सोविताको अग्रता कायमै

चितवन । पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतमले अग्रता कायमै राखेकी छिन् । 

रास्वपाकी उम्मेदवार  गौतमले तीन हजार ६३९ मत प्राप्त गरेकी छिन् भने नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले दुई हजार २६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, चितवनले जनाएको छ ।

यसैगरी, नेकपा एमालेका शंकर थपलियाले ७४१ मत पाएका छन् ।  नेपाली कांग्रेसका टंक प्रसाद गुरुङले भने ४०४ मत ल्याएका छन् । 

Share News