काठमाडौं । । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही-४ मा मतगणना सुरु भएको छ । शुक्रबार बिहान करिब सवा १० बजेदेखि मतगणना औपचारिक रूपमा सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
मतगणनाको पहिलो चरणमा बलरा नगरपालिकाका वडा नम्बर ३, ५, ६, ७, १० र ११ मा खसेको मतबाट गणना सुरु गरिएको छ। बलरा नगरपालिका रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका भएकाले प्रारम्भिक नतिजाले चुनावी प्रतिस्पर्धाको संकेत दिने अपेक्षा गरिएको छ ।
सर्लाही-४ मा मुख्य दलहरूबीच रोचक प्रतिस्पर्धा देखिएकाले प्रारम्भिक परिणामप्रति राजनीतिक वृत्तको विशेष चासो रहेको छ ।