काठमाडौं । ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणना हुँदा कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पहिलोपटक अग्रता लिएको छ ।
राप्रपाले जुम्ला निर्वाचन क्षेत्रबाट अग्रताको खाता खोलेको हो । मतगणनाको सुरुआती परिणामअनुसार राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही अग्रस्थानमा रहेका छन् भने उनलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले पछ्याइरहेका छन् ।
हालसम्म ३०० मत गणना हुँदा शाहीले १३५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले १०३ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भने २ मत मात्र प्राप्त गरेका छन्।
यसैबीच १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।