काठमाडौं-६ मा शिशिर खनाल र ८ मा विराजभक्त श्रेष्ठको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र-६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । क्षेत्र नम्बर ६ का उम्मेदवार शिशिर खनालले ४ हजार २९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन् । 

यसैगरी, नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले १ हजार १८० र नेकपा (एमाले) का अमनकुमार मास्केले १ हजार ८६ मत प्राप्त गरेका छन् । 

त्यसैगरी, क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । उनले ७ हजार ६१७ मत प्राप्त गरेको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् । 

यसैगरी नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ९३८ र नेपाली कांग्रेसकी सपना राजभण्डारीले ८९३ मत प्राप्त गरेका छन् ।

Share News