रुपन्देही-४ मा एमालेका प्रमोद यादवको अग्रता

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो तथ्याङ्क अनुसार ८ हजार ४६३ मत गणना हुँदा एमालेका उम्मेदवार प्रमोद यादवले २६९८ मत पाएर अग्रता लिएका हुन् ।

नेपाली कांग्रेसका आशुतोष मिश्रले २ हजार २४७, रास्वपाका कन्हैया बनियाँले १ हजार ८३०, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६६९, जनमत पार्टीका भोपेन्द्र यादवले २१९ मत, राप्रपाका अनिउद्दिन खानले १२९ र नेकपाका बावुलाल यादवले ४७ मत पाएका छन् ।

Share News