काठमाडौं । कञ्चनपुर क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार बोहराले २ हजार ४२७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नारायणप्रकाश साउदले ९३६ र नेकपा (एमाले) का वचनबहादुर सिंहले ६२५ मत प्राप्त गरेका छन् ।