तनहुँ-१ मा स्वर्णिम वाग्लेको अग्रता, पछिपछि भट्टराई

काठमाडौं । तनहुँ क्षेत्र-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । 

उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १ हजार ३५२ मतका साथ अग्रता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताए । 

यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा (एमाले)का भगवती न्यौपानेले ४१६ मत प्राप्त गरेका छन् । 

Share News