दोब्बर मतसहित बालेनको अग्रता कायमै, ओलीले कति पाए ?

काठमाडौं । झापा जिल्ला क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले अग्रता लिएका छन् । 

पछिल्लो मतपरिणाम अनुसार साहले १ हजार ४ सय ७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन् । 

त्यस्तै तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङ रहेका छन् । उनले १ सय ३९ मत प्राप्त गरेका छन् । 

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ५९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेकी छन् । 
 

Share News