काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
उक्त पार्टीका उम्मेदवार राजु पाण्डेले २ हजार ९६० मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन् ।
यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले २ हजार ७०६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेश अर्यालले १ हजार ११ मत प्राप्त गरेका छन् ।