काठमाडौं । चितवन-२ मा जारी मतगणनामा रास्वपा सभापति रवि लामिछानेको अग्रता कायमै देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले २ हजार २५ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले १ हजार ६९ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसकी मीना खरेलले ६ सय ६८ मत ल्याएकी छन् भने नेकपाका प्रताप गुरुङले १ हजार १० मत पाएका छन् ।