काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङ जिल्लाका दुई क्षेत्रमा जारी मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन् । हाल मोरङ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ४ मा मतगणना जारी रहेको छ ।
मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपानेले ९६७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन ले ६४३ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका उम्मेदवारले ४३७ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का घनश्याम खतिवडा ले २७३ मत पाएका छन् ।
त्यस्तै, मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशी अग्रस्थानमा रहेका छन् । उनले ३ हजार ८५८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गुरुराज घिमिरेले ६९५ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अमनलाल मोदीले ६७२ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का जीवन घिमिरेको ४१३ मत रहेको छ ।