दाङ-१ को सुरुवाती मतगणनामा रास्वपाको फराकिलो अग्रता

काठमाडौं । दाङ-१ को सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अन्तरसहित अग्रता बनाएको छ ।

२ हजार २२६ मतगणना हुँदा रास्वपाका देवराज पाठकले १ हजार ५१५, कांग्रेसका योगेन्द्र चौधरीले २९२ र एमालेका रेवतीरमण शर्माले २२० मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपाका मेटमणि चौधरीले ८८, राजमोका गणेश आचार्यले ४८ र स्वतन्त्र उम्मेदवार लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले १३ मत प्राप्त गरेका छन् । दाङ-१ मा ८० हजार ९ सय २० मत खसेको थियो । 

Share News