काठमाडौ-१० मा ६ हजार ४२० मत गणना, रास्वपाका विष्टले पाए ४ हजार २३४ मत

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन् । 

हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गर्नुभएको  निर्वाचन अधिकृत अमृता कुमारी शर्माले जानकारी दिए । 

अहिले दक्षिणकाली नगरपालिका क्षेत्रको मत गणना जारी छ ।

Share News