प्रतिनिधि सभाको निर्वाचनमा जेनजीहरूको उत्साहपूर्ण सहभागीः कावा भण्डारी

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा जेनजी पुस्ताको उत्साहपूर्ण सहभागिता देखिएको छ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त राम प्रसाद भण्डारीले यसपटक युवाहरूको सहभागिता निकै उत्साहजनक रहेको बताएका छन् । 

उनका अनुसार निर्वाचनमा जेनजी पुस्ताले उम्मेदवार र मतदाता दुवै भूमिकामा सक्रिय रूपमा सहभागिता जनाएका छन् । युवाहरूमा देखिएको इच्छाशक्ति र लोकतान्त्रिक प्रक्रियाप्रतिको रुचिले आगामी दिनमा देशको राजनीतिक संस्कृतिलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । 

भण्डारीले युवाहरूको बढ्दो चासोले निर्वाचनप्रति जनविश्वास बढाउन सहयोग पुग्ने पनि उल्लेख गरे। उनका अनुसार नयाँ पुस्ताको सक्रिय सहभागिताले लोकतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । 

Share News