ललितपुरमा खस्यो १ लाख ८३ हजार मत, कुन क्षेत्रमा कतिले गरे मतदान ?


काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर जिल्लाका तीन निर्वाचन क्षेत्रमा उल्लेख्य मतदान भएको छ । ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा करिब १ लाख ८३ हजार ९९८ मत खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । 

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको प्रारम्भिक विवरणअनुसार क्षेत्र नम्बर-१ मा कुल ५२ हजार ६३२ मत खसेको छ । जसमध्ये २५ हजार ७४१ महिला र २६ हजार ८९१ पुरुष मतदाता सहभागी भएका छन् ।

यस्तै, क्षेत्र नम्बर-२ मा कुल ६१ हजार ९७५ मत खसेको छ । जसमध्ये ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुषले मतदान गरेका छन् ।

यसैगरी क्षेत्र नम्बर-३ मा सबैभन्दा बढी ६९ हजार ३९१ मत खसेको छ । यस क्षेत्रमा ३५ हजार ५५ महिला र ३४ हजार ३३६ पुरुष मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् । 

Share News