काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनको सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।
उनले मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित तथा सफलतापूर्वक सम्पन्न गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनेलाई धन्यवाद प्रकट गरेका छन् ।
‘सम्पूर्ण मतदाता, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरोकारवाला महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु, उनले भनेका छन् ।