काठमाडौंका सबै क्षेत्रमा आजै रातिबाट मतगणना हुने

फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै रातिबाट मतगणना सुरु हुने भएको छ । 

काठमाडौं जिल्ला निर्वाचन कार्यालयका अधिकारी ठाकुरप्रसाद भट्टराईले काठमाडौंका सबै क्षेत्रमा आजै रातिबाट मतगणना सुरु गरिने जानकारी दिए ।

अहिले सबै निर्वाचन क्षेत्रबाट मतपत्रको बाकस संकलन गर्न काम भइरहेको उनले बताए । काठमाडौंमा शान्तिपूर्ण निर्वाचन भएको उनको भनाइ छ ।

कहाँ-कहाँ मतगणना हुँदैछ ?

क्षेत्र नं १ सहकारी विभाग

क्षेत्र नं २ कागेश्वर मनोहरा नगरपालिका 
क्षेत्र नं ३ चामुन्डा माध्यमिक विद्यालय नारायणटार
 क्षेत्र नं ४ बुढानीलकण्ठ नगरपालिका २ जेष्ठ नागरिक कार्यालय
 क्षेत्र नं ५ श्री समाज भवन टोखा नगरपालिका–५
 क्षेत्र नं ६ तार्केश्वर नगरपालिका, धर्मस्थली
 क्षेत्र नं ७ जुडो हल नयाँबजार 
क्षेत्र नं ८ जनउद्दार मावि हरिसिद्धी, काठमाडौं
 क्षेत्र नं ९ चन्द्रगिरी नगरपालिका, बलम्बु 
क्षेत्र नं १० त्रिभुवन विश्व विद्यालय स्मृति भवन कीर्तिपुर

Share News