सुन्धारा कारागारमा १०५ कैदीबन्दीले गरे मतदान

काठमाडौं । सुन्धारा कारागारका २ सय १० कैदीबन्दीले मतदान गरेका छन् ।कारागारका अनुसार २३१ कैदीबन्दीका नामावाली रहेको थियो ।

५ जना कर्मचारी र १ सय ५ कैदीबन्दीले मतदान गरेको कारागारले जनाएको छ । 

केही कैदीबन्दी छुटेका, अन्य कारागार सरुवा र केही कर्मचारी सरुवा भएका कारणले २१० जनाले मत खसाएका हुन् ।

बिहीबार देशभर प्रतिनिधि सभाको निर्वाचन भएको छ । १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४०६ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए ।

Share News