२ बजेसम्म देशभर खस्यो ६२ लाख बढी मत

काठमाडौं । आज दिउँसो २ बजेसम्म देशभरि ६२ लाख मत खसेको छ ।

बिहीबार देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो । 

सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मत खसेको छ । त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ ।

बिहानै ७ बजेबाट देशभरका मतदान केन्द्रमा निर्वाचन भइरहेको छ ।

Share News