देशभरि खस्यो ४४ लाख बढी मत

काठमाडौं ।  देशैभरि ४४ लाख मत खसेको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ ।

१ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको  छ ।

त्यसैगरी, काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा ३ लाख १२ हजार मत खसेको छ । 

प्रतिनिधि सभाको निर्वाचनमा मध्यान्ह १ बजेसम्म ३ लाख १२ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौंका सबै क्षेत्रमा शान्तिपूर्ण निर्वाचन भइरहेको उनले बताए । अहिलेसम्म कुनै अप्रिय घटना नघटेको उनले उल्लेख गरे ।

Share News