झापामा खस्यो ४० प्रतिशत मत

काठमाडौं । बिहीबार मध्यान्ह १ बजेसम्म झापामा ४० प्रतिशत मत खसेको छ । 

प्रतिनिधि सभाको निर्वाचनमा झापामा सबै क्षेत्रमा निर्वाचन जारी रहेको र ४० प्रतिशत मत खसिसकेको झापा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंले जानकारी दिए ।

‘झापाको सबै क्षेत्रमा शान्तिपूर्ण निर्वाचन भइरहेको छ । यहाँ कुनै पनि अप्रिय घटना घटेको छैन । मतदान जारी छ ,’ उनले भने ।

झापामा ७ लाख १३ हजार ३५७ मतदाता रहेका छन् । पुरुष मतदाता ३ लाख ५८ हजार ३४६ र महिला ३ लाख ५५ हजार १८३ मतदाता रहेका छन् ।

Share News