काठमाडौं । सुदूरपश्चिम प्रदेशमा दिउँसो १ः३० बजे सम्म झण्डै ३० प्रतिशत मत खसेको छ । अहिलेसम्म २९.६६ प्रतिशत मतदान भएको हो ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई लाख ६० हजार ४७८ महिला, दुई लाख ४८ हजार ७२१ पुरूष र एक अन्य गरी पाँच लाख नौ हजार २०० मतदाताले मतदान गरेका छन् ।
प्रदेशमा १६ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन भइरहेकोमा १७ लाख १६ हजार ६६० मतदाता छन् । सुदुरपश्चिमका ९ वटै शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ ।