काठमाडौं । दोलखामा अझै मतदान सुरु हुन सकेको छैन । तामाकोशी गाउँपालिका वडा नम्बर ४ गोलेश्वर मावि मतदानस्थलमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको थियो ।
सहायक जिल्ला प्रमुख अधिकारी औलाखबहादुर आलेले अझै मतदान सुरु हुन नसकेको तर केही क्षणमा मतदान सुरु हुने जानकारी दिए ।
उनका अनुसार अहिले मतदानस्थलमा सबै पक्षबीच वार्ता भइरहेको छ । केही क्षणमा मतदान सुरु हुने आलेले विकासन्युजलाई बताए ।
उनकाअनुसार बुथका केही प्रतिनिधिले हस्ताक्षर नगरिएको मतपत्र र स्वस्तिक छाप लुटेका थिए ।