काठमाडौंका १० वटै क्षेत्रमा १ बजेसम्म ३ लाख १२ हजार मत खस्यो

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा अहिलेसम्म ३ लाख १२ हजार मत खसेको छ ।

बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा मध्यान्ह १ बजेसम्म ३ लाख १२ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौंका सबै क्षेत्रमा शान्तिपूर्ण निर्वाचन भइरहेको उनले बताए । अहिलेसम्म कुनै अप्रिय घटना नघटेको उनको भनाइ छ । 

Share News