‍विप्लवले गरे मतदान

काठमाडौं । विगतमा चुनाव बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् । 

यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् । 

विप्लवले परिवर्तन गाउँपालिका–३ थुनीकोट बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गरेका हुन्। 

मतदान गर्न उनी बुधबार जन्म गाउँ इरिबाङ पुगेका थिए । पछिल्लो समय कपिलवस्तु बस्दै आएका उनी चुनावी प्रचारको समयमा समेत रोल्पा आएका थिए ।

Share News