पूर्वसभामुख घिमिरेले गरे मतदान

बिर्तामोड । पूर्वसभामुख देवराज घिमिरेले बिहीबार (आज) झापा–२अन्तर्गत अर्जुनधारा–६ स्थित बालकल्याण आधारभूत विद्यालयबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीसमेत दिएका पूर्वसभामुख घिमिरेले ९६ वर्षीया आमा भीमकुमारीको हातबाट टीका लगाई आशीर्वाद लिई मतदान गरेका हुन् ।

मतदान गरेपछि उनले निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधार भएकाले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन अनुरोध गरे ।

Share News