काठमाडौं । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको तीन घण्टाभित्र करिब १० प्रतिशत मत खसेको छ ।
क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । हालसम्म करिब १० हजार मत खसिसकेको उनले जानकारी दिए ।
पौडेलका अनुसार यस निर्वाचन क्षेत्रमा कुल १ लाख ७ हजार मतदाता रहेका छन् । सबै मतदान केन्द्रहरूमा मतदाताको उत्साहपूर्ण उपस्थिति देखिएको र मतदान प्रक्रिया व्यवस्थित रूपमा अघि बढिरहेको उनले बताए ।