पूर्वप्रधानमन्त्री माधव नेपालले गरे रौतहटबाट मतदान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटकाे गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् । 

४ वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७  मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । 

Share News